गृहपृष्ठ आज धनतेरस : मिथिलाञ्चलमा बढ्यो चहलपहल
आज धनतेरस : मिथिलाञ्चलमा बढ्यो चहलपहल
नेपालको पहाडी तथा हिमाली क्षेत्रमा आज काग तिहारका रुपमा तिहारको पहिलो दिन मनाइरहँदा तराई मधेशमा भने धनतेरसको उल्लास छ । तराई मधेशमा तिहारको पहिलो दिनलाई धनतेरसका रुपमा मनाउने परम्परा रहेको छ ।
तिहारको पहिलो दिन कात्तिक कृष्ण त्रयोदशी भएकाले आजको दिन (धनतेरस) पर्व मनाइँदै छ । धनतेरसको अवसरमा मिथिलाञ्चलमा धातुका सरसामन किन्ने चलन छ । आजको दिन सुन, चाँदी, तामाको भाँडादेखि लिएर अन्य सरसमान किनेर घरमा भित्र्याउने चलन रहेकाले गर्दा जनकपुर बजार क्षेत्रमा किनबेच गर्नेहरुको विहानैदेखि चहलपहल बढेको छ ।
सोमवार विहानैदेखि सुन पसल, भाडाँको पसलहरुमा किन्नेहरुको भिडभाड लागेको छ ।
प्रकाशित समय १६:२१ बजे

















