गृहपृष्ठ डोल्पा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो
डोल्पा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो
डोल्पामा जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या १० पुगेको छ । सोमबार डोल्पाको दुनैबाट सोतानेतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । जिप ठूलोभेरी नगरपालिका – ९ स्थित सडक खण्डबाट भेरी नदिमा खसेको हो ।
जिल्ला प्रहरी कार्यलय डोल्पाका अनुसार नदीबाट १० जनाको शव निकालिएको छ । मृतकको पहचान खुलेको छैन । मृत्यु हुने १० जनामा ७ जना पुरुष र ३ जना महिला रहेको प्रहरीले जनाएको छ । २ जना पुरुष घाइते छन् । जिपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार अहिले पनि उद्धारकार्य जारी छ ।
प्रकाशित समय १६:१४ बजे

















