गृहपृष्ठ लगातार १२६ घण्टा नाचेर विश्व कीर्तिमान राख्ने नेपाली चेलीको उद्घोष

लगातार १२६ घण्टा नाचेर विश्व कीर्तिमान राख्ने नेपाली चेलीको उद्घोष

bandana-nepal-newskarobar

धनकुटाको महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपालले १ सय २६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारी गरेकी छिन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बन्दनाले आगामी मंसिर ७ गते बिहान ७ बजेदेखि बत्तीसपुतलीस्थित बिग फुडल्याण्डमा नृत्य शुरु गर्ने बताइन् । नेपालका विभिन्न मौलिक पहिरन र वेशभूषामा मारुनी, नौमती बाजादेखि सुदूरपश्चिमको देउडा गीतमा नृत्य प्रस्तुत गर्ने बताइन् ।

नेपाली मौलिक लोक गीत तथा लोकसंगीतप्रति उत्साह जगाउन आफूले नृत्य गर्न लागेको उनले बताइन् । ‘युवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह छ, नेपाली लोक गीत तथा लोकसंगीतप्रति उत्साह जगाउन नृत्यु गर्न लागेको हुँ’ बन्दनाले भनिन् । लोक नृत्यका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन आफूले साहस गरेको उनले बताइन् ।

यसअघि लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय सङ्गीतमा नृत्य गरेर भारत केरलाकी कलामण्डलम हेमलथाको नाममा विश्व कीर्तिमान कायम छ । अहिलेसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको गिनिज बुक अफ वल्र्ड रेकडर्समा नाम लेखाएका छन् ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु