गृहपृष्ठ लागुऔषधसहित दुई जना पक्राउ
लागुऔषधसहित दुई जना पक्राउ
प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार पर्वतको सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ ।
कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुन लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ ।
प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद १६ हजार रुपैयाँ बरामद भएको छ ।
पक्राउ परेका दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।(रासस)
प्रकाशित समय ०८:५५ बजे

















