गृहपृष्ठ मौसम : तिहारभर घाम लाग्ने
मौसम : तिहारभर घाम लाग्ने
यस वर्षको तिहारभर मौसम सफा हुने भएको छ । पूर्वी पहाडी भू–भागमा आंशिक बदली भए पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विगतका वर्षमा मंसिरदेखि मात्र चिसो बढ्ने गरेकामा यसपटक एक महिनाअघि नै देशभर चिसो बढेको छ । तर, तिहारभर तापक्रम सामान्य रहने मौसमविदहरुले बताएका छन् ।
तिहारका तीनै दिन घमाइलो हुने मौसमविद्ले बताएका छन् । बुधबार, बिहीबार र शुक्रबार देशभरको मौसम सफा रहने महाशाखाको अनुमान छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिईन् । तर, तीन दिनपछि भने पूर्वी पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रकाशित समय १४:४७ बजे

















