गृहपृष्ठ प्रदेश सरकार निरीह बन्नु बिडम्बना : प्रचण्ड

प्रदेश सरकार निरीह बन्नु बिडम्बना : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश असफल भएमा गणतन्त्र संघीयता र सम्पूर्ण अधिकार असफल हुने बताएका छन् । केन्द्र सरकारले प्रदेशलाई असहयोग गरिरहेको भन्ने आरोपकाबीच नेकपा अध्यक्ष प्रचण्डको यस्तो भनाइ आएको हो ।
प्रदेश सरकार र प्रदेशसभालाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न अहिलेको सबैभन्दा महत्वपूर्ण विषय भएको उनको भनाइ छ ।

पोखरामा पत्रकारहरुसँग प्रचण्डले भने, ‘स्थानीय सरकार गाउँविकास समितिको संरचना यसअघिको व्यवस्थामा पनि भए पनि प्रदेश सरकार नौलो हो, त्यसैले केही जटिलता सिर्जना भएको छ ।’

सिंहदरबारको अधिकार प्रदेशमा र स्थानीय तहमा पु¥याउनका लागि प्रदेशको व्यवस्था संविधानले गरेको भन्दै दाहालले व्यवहारमा प्रदेश चाँही नचाहिँदो रुपमा थोपार्देको जस्तो हुनु गम्भीर रहेको बताए । प्रदेशले गति लिन नसक्नु, आवश्यक कर्मचारी पाउन नसक्नु, भवनहरु बन्न नसक्नुमा राजनीतिक नेतृत्व र स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रबीचको तादम्यता र एकरुपताको कमी भएको दाहालको टिप्पणी छ । संघीयता कार्यान्वयनका लागि आवश्यक कर्मचारी सिंहदरबार छोडेर तल जान नचाहने र सरकारले त्यससँग सम्झौता गर्न नसक्ने भएका कारण केही समस्या देखिएको उनले बताए । प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकारले दीर्घकालीन महत्वका धेरै विषयमा सफलता हात पारिरहेको दाबी गरे ।

लाह्सा लुम्बिनी रेल मार्ग, पूर्व पश्चिम रेल, छिमेकीसँगको सम्बन्धलगायतका कुरामा सरकार सफल भएको उनको भनाइ छ । उनले भने, ‘धेरै कुरामा सरकार सफल छ, प्रगति गरे पनि नकारात्मक सोच आउने, जे गरेपनि रिस गर्ने चलनले केही नभएको भन्ने प्रचार भएको हो ।’

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु