गृहपृष्ठ डिभी परेर अमेरिका पुगेका ह्यारी बने सांसद
डिभी परेर अमेरिका पुगेका ह्यारी बने सांसद
अमेरिकामा भएको मध्यावधि निर्वाचनमा नेपाली मुलका एक व्यक्ति सांसद पदमा निर्वाचित भएका छन् । मेरील्यान्ड राज्यमा निर्वाचन क्षेत्र ८ बाट नेपाली मुलका ह्यारी भण्डारी निर्वाचित भएका हुन् ।
मंगलबार भएको निर्वाचनमा ह्यारीले २० हजार ९ सय ७७ मत प्राप्त गरे । डेमोक्रेटिभ पार्टीबाट उनी तल्लो सदन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी अमेरिकी राजनीतिको उपल्लो तहमा निर्वाचित हुने नेपाली मूलका पहिलो व्यक्ति बनेका छन् । यो विजयले अमेरिकी राज्य संसद् भवन छिर्न उनका लागि बाटो खुला भएको छ । भण्डारी गुल्मीबाट ८ वर्षअघि डिभी चिठ्ठा परेर अमेरिका पुगेका थिए । उनी पेसाले शिक्षक हुन् ।
प्रकाशित समय १४:४१ बजे

















