गृहपृष्ठ तिहारले छोएन खोप्री गाउँलाई
तिहारले छोएन खोप्री गाउँलाई
नेपाली हिन्दू धर्मावलम्वीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा जुम्लाको तिला गाउँपालिका–९खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन ।
वर्षेबाली भण्डार गरिसके पनि तिलावासी गाईवस्तुलाई चिसोबाट जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा, स्याउला सोत्तर जोहो गर्न तल्लिन छन् । उनीहरुको दीपावली अन्य गाउँको जस्तो छैन । गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा हिडेर खोप्री पुगिन्छ ।
अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीय बलवीर थापाले जानकारी दिए । ‘हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौैँ, उनले भने, ‘न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन् न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन् ।’
बाउन्न घरधुरी रहेको खोप्रीमा अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइनपुगेको स्थानीयको गुनासो छ ।(रासस)
प्रकाशित समय ०९:२१ बजे

















