गृहपृष्ठ खोटाङमा जीप दुर्घटना, एक जनाको मृत्यु

खोटाङमा जीप दुर्घटना, एक जनाको मृत्यु

accident-newskarobar

खोटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

केपीलासगढी गाउँपालिकाको बाक्सिलाबाट यात्रु लिएर दिक्तेलबजार जाँदै गरेको ना–१ ज ३६९८ नम्बरको जीप दिक्तेलबजारस्थित कारागार नजिक दुर्घटना भएको हो । बुधवार रातिको दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१ का ४१ वर्षीय व्यापारी दीपक रसाइलीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका रसाइलीलाई थप उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यस्तै, दुर्घटनामा सिन्धुली जरायोटार बस्ने २३ वर्षीय रमेश मगर र दिक्तेल रुपाकोट मभुवागढीका १९ वर्षीय फुर्वा शेर्पा घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित समय १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु