गृहपृष्ठ नेपाल संवतको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना

नेपाल संवतको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल संवत् नयाँ वर्षको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताको अभियन्ता भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले जारी गरेको विज्ञप्तीमा शाख्वाकै योगदानका आधारमा नेपालमा मौलिक संवत् सुरुवात भएको र उनको योगदान आजको सन्दर्भमा समेत समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले नेपाल संवत्को सुरुवात नै प्रेरणादायी भन्दै वर्षै–वर्ष ऋणमा थलिएका गरिब किसानलाई ऋणबाट मुक्त गराउनु परोपपकारी भावनाको पाठ भएको बताएका छन् ।

प्रकाशित समय १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु