गृहपृष्ठ उपचारका क्रममा कैदीबन्दीको मृत्यु

उपचारका क्रममा कैदीबन्दीको मृत्यु

kaidi-farar-newskarobar

झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो ।

मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो ।

उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।(रासस)

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु