गृहपृष्ठ प्रधानमन्त्री ओलीले बहिनीहरूको हातबाट लगाए भाइटीका

प्रधानमन्त्री ओलीले बहिनीहरूको हातबाट लगाए भाइटीका

pm-bhaitika-newskarobar तस्बिर : रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्रीले बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाएका हुन् ।

टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएका थिए । प्रधानमन्त्रीका बहिनीहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए ।

फाेटाे : प्रधानमन्त्रीकाे निजी सचिवालय 

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु