गृहपृष्ठ दमकमा कारको ठक्करबाट महिलाको मृत्यु

दमकमा कारको ठक्करबाट महिलाको मृत्यु

mritu_newskarobar

कारको ठक्करबाट झापाको दमकमा मंगलबार एक पैदलयात्री महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो ।

खड्का दमक–९ मा बस्दै आएकी थिइन् । बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा १७ च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
( रासस )

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु