गृहपृष्ठ रियल मड्रिडको स्थायी प्रशिक्षकमा सान्टियागो

रियल मड्रिडको स्थायी प्रशिक्षकमा सान्टियागो

स्पेनिस क्लब रियल मड्रिडले सान्टियागो सोलारीलाई पूर्ण प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघि उनी रियलको अन्तरिक प्रशिक्षक थिए । सान्टियागोलाई स्थायी प्रशिक्षकमा नियुक्त गरेको सम्बन्धमा रियलले औचापरिक घोषणा गरेको छैन ।

स्पानिस फुटबल एसोसिएसनका अनुसार ला लिगा क्लब रियलले सान्टियागोको सम्झौता पत्र प्राप्त गरिसकेको छ ।पत्रबारे पनि क्लबले केही भनेको छैन । अक्टोवर २९ मा मुख्य प्रशिक्षक युलेन लोपेटगुईलाई हटएपछि रियलले सान्टियागोलाई सिनियर टिमको अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

उनले जिम्मेवारी सम्हालेपछि खेलेका चार वटै खेलमा रियल विजयी बन्यो । उनले प्रशिक्षण सम्हालेपछि रियलले कोपा डेल रे मा मेलिला, च्याम्पियन्स लिगमा भिक्टवरिया प्लेजन तथा ला लिगामा रियल भाल्लाडोलिड र सेल्टा भिगोलाई हराएको हो । जसमा रियलले १५ गोल गर्दा २ गोल मात्र बेहोरेको छ । ४२ वर्षीय सान्टियागोले आफ्नो अन्तरिम प्रशिक्षणमै उत्कृष्ट सुरुवात गरेकाले उनलाई जिम्मेवारी दिइएको बताइएको छ ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु