गृहपृष्ठ विमानस्थलबाट ८ लाख मूल्य बराबरको सुनसहित एक जना पक्राउ
विमानस्थलबाट ८ लाख मूल्य बराबरको सुनसहित एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख मूल्य बराबरको सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार हिमालय एयरको विमानमा कतारबाट काठमाडौं आएकी सिराहा मिर्चैया नगरपालिका २ की रुवीकुमारी महतोलाई प्रहरीले ८ लाख बराबरको अवैध सुनसहित पक्राउ गरेको हो ।
उनको साथबाट भन्सार छलेर ल्याएको ल्याएको १ सय ९९ ग्रामको सुनको वाला ४ थान प्रहरीले बरामद गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:५२ बजे

















