गृहपृष्ठ कावासोतीमा रात्रिबस दुर्घटना, १६ जना घाइते, चार गम्भीर
कावासोतीमा रात्रिबस दुर्घटना, १६ जना घाइते, चार गम्भीर
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंका लागि छुटेको ना. ६ ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो । बसमा ४५ यात्रु सवार थिए । घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते दाङ सतवरीया–८ की २६ वर्षीया पूजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको नवलपरासीपूर्व जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
प्रकाशित समय ०८:३६ बजे

















