गृहपृष्ठ नेपालगन्जको पुष्पलाल चोकमा बम फेला, सेनाद्वारा निष्क्रिय
नेपालगन्जको पुष्पलाल चोकमा बम फेला, सेनाद्वारा निष्क्रिय
बाँकेको नेपालगन्जको पुष्पलाल चोकमा बम भेटिएको छ । सो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । प्लास्टिक झोलामा सकेटजस्तो रहेको शंकास्पद बस्तु भेटिएको थियो ।
सो बस्तु बम भएको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । उनका अनुसार बम राख्ने समूहको खोजी भइरहेको छ । बम भेटिएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका थिए ।
प्रकाशित समय १६:०३ बजे

















