गृहपृष्ठ हिमानीले गरिन अष्ट भयको पूजा

हिमानीले गरिन अष्ट भयको पूजा

himani-shah (2)

पूर्वयुवराज्ञी हिमानी शाहले अष्ट भयको पूजा गरेकी छन् । शनिबार ललितपुरको सानेपामा ज्ञानमाला भजन खलले गरेको आर्यतारा पूजा आराधना ब्रत समारोहमा पुगेर प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित पूजा गरेकी हुन् ।

नेवार समुदायले पुज्दै आएको अष्ट भयको पूजा गर्नाले प्राकृतिक प्रकोपबाट बच्न सकिने विश्वास छ । ‘आगो, पानी, हावालगायका प्राकृतिक विपत्तिबाट मुक्ति मिल्ने विश्वासका साथ पूर्व युवराज्ञीलाई समेत पूजामा सहभागी गराईएको हो’ सानेपा ज्ञानमाला भजन खलकी संयोजक लक्ष्मी डंगोलले बताइन् ।

आर्यतारा पूजा आराधनाको लागी नेवार सुमदायका ६ सय ५० जना महिला सहभागी थिए ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु