गृहपृष्ठ इन्द्रावती गाउँपालिका-८ का वडाध्यक्ष श्रेष्ठ मृत फेला
इन्द्रावती गाउँपालिका-८ का वडाध्यक्ष श्रेष्ठ मृत फेला
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गए राति ३ बजे घरबाट निस्किएका अध्यक्ष श्रेष्ठ इन्द्रावती नदीमा डुबेको अवस्थामा शनिबार दिउँसो फेला परेका हुन् । श्रेष्ठले हाम फालेका हुन् या डुबेका हुन् भन्ने अहिलेसम्म थाहा नभएको वडा सदस्य बखान तामाङले जानकारी दिए ।
घटनाको वास्तविकता बुझ्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।
प्रकाशित समय २१:१२ बजे

















