गृहपृष्ठ प्रधानमन्त्रीलाई फेरि ‘इन्फेक्सन’ दोहोरिने खतरा
प्रधानमन्त्रीलाई फेरि ‘इन्फेक्सन’ दोहोरिने खतरा
चिकित्सकले सार्वजनिक कार्यक्रममा जान दिएनन्
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन बालुवाटारबाट ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् । पाँच दिन अस्पतालमा उपचार गराई बालुवाटार आएका ओलीलाई पुनः आराम गर्न चिकित्सकहरुले सुझाव दिएका हुन् । अस्पतालबाट फर्किएको दुई साता बितिसक्दा पनि फेरि अझै एक साता सार्वजनिक कार्यक्रममा नजान सुझाव दिइएको छ । ओली बालुवाटारबाट सरकारका काम कारवाही र भेटघाट गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको बालुवाटारमा उनकी निजी चिकित्शक डा. दिव्या सिंहले स्वास्थ्य परीक्षण गरिरहेकी छिन् । अझै प्रधानमन्त्री ओलीको स्वास्थ पूर्र्ववत अवस्थामा फर्किनसकेको सिंहले बताईन् ।
‘उहाँ अस्वस्थ नभएर बाहिर जान नदिएको होइन, स्वस्थ त हुनुहुनछ तर, लामो समयसम्म अस्पताल बसेर उपचार गरेको मानिसको स्वास्थ ‘रिकभर’ हुन अझै समय लाग्छ,’ सिहंले न्यूज कारोबारसँग भनिन्, ‘इन्फेक्सन’ दोहोरिने डरले मात्र सकेसम्म सार्वाजनिक कार्यक्रममा नजान भनिएको हो ।’
सोही कारण सार्वजानिक कार्यक्रममा जान र अनावश्यक भेटघाटलाई कम गरिएको हो । एन्टिबायोटिक औषधि सेवन गरेका बिरामीले ‘रेस्ट’ र खानपानमा ध्यान दिएन भने ‘ब्याक्टेरिया’हरु पहिलेको अवस्थामा फर्कन सक्ने खतरा हुने उनले बताइन् । धेरै मान्छेको भीडमा जाँदा धेरै ब्याक्टेरियाले संक्रमण गराएर फेरि बिरामी गराउने सम्भावना हुने डा. सिहंको भनाई छ ।
नगई नहुने कार्यक्रममा मात्र जाँने
प्रधानमन्त्री ओलीको सचिवालयले भने कार्यक्रमको महत्व हेरेर कार्यक्रममा जाने बताएको छ । ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली भन्छन् ‘सामान्य कार्यक्रममा जाँने तालिका तय गरेका छैनौं, जाँनै पर्ने खालका विशेष कार्यक्रममा भने उहाँ जाँने व्यवस्था गर्छाैं ।’
लामो समयदेखि सार्वजानिक कार्यक्रममा नदेखिएका ओलीको शुक्रबार तीन सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा जाने कार्यक्रम तय भएको थियो । तर, चिकित्सककै सल्लाहमा उनी कार्यक्रममा गएनन् । शुक्रवार नेपाबाट कामदार आयात गर्ने १२ राष्ट्र सम्मिलित कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि ओलीलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले उनी कार्यक्रममा सहभागी हुने कार्यसूची समेत तयार पारे पनि अन्नतः निजी चिकित्सक डा. सिहंले नजान सुझाव दिएपछि ओली उक्त कार्यक्रममा गएनन् ।
ओली यसअघि कार्तिक १० गते आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापान कार्यक्रममा समेत सभागी भएनन् । १२ गते उनलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्टको सीसीयुमा राखेर उपचार गरिएको थियो । १६ गते उपचारपछि ओली बालुवाटार फर्किए पनि चिकित्सकले सार्वजानिक कार्यक्रममा जान दिएका छैनन् ।
प्रकाशित समय १९:३७ बजे
















