गृहपृष्ठ बुटवल अब नो हर्न जोन
बुटवल अब नो हर्न जोन
बुटवल उपमहानगरपालिका सहित पाच नम्बर प्रदेशका उपमहानगरपालिकालाई हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । पाच नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर खत्रीले बुटवलका चार स्थानमा हर्न निषेध बोर्ड राखेर यसको सुभारम्भ गरेका थिए । बुटवल बेशक्याम्प, राजमार्ग चौराहा, तिनाउ पुल र गोलपार्कमा बोर्ड राखेर नो हर्नको घोषणा गरिएकोे हो ।
अभियानलाई बुटवल नगरपालिकासहित नेपालगन्ज र दाङलाई एकैपटक हर्न निषेध घोषणा गरिएको छ । पाच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले स्थानीय सरकारसँग समन्वय गरि अभियानलाई तिव्रता दिने बताए । उनले दैनिक रुपमा प्रचारप्रसारको कामलाई जोड दिने समेत बताए ।
एक महिना सचेतनाको कार्यक्रम गरिने र त्यसपछि अटेर गर्नेलाई कारवाही अघि बढाइने उनले बताए । पछिल्लो समय शहरी क्षेत्रमा सवारी साधनको चापसँगै ध्वनी प्रदुषण बढेको गुनासो आएपछि ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो ।
प्रकाशित समय ०९:०२ बजे

















