गृहपृष्ठ पाल्पाको सत्यवतीमा महामेला
पाल्पाको सत्यवतीमा महामेला
न्युज कारोबार
चिच्चाएर बर माग्ने नेपालको एक मात्रै मन्दिर पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ४ मा रहेको सत्यवती बजैको मन्दिरमा धार्मिक मेला लाग्ने भएको छ । आगामी मंसिर ५ देखि ७ गतेसम्म धार्मिक मेलाको आयोजन गर्न लागिएको हो ।
यो वर्ष सात वर्षमा पहिलो पटक पूर्णिमा मंसिर ७ गते नै परेको छ । सत्यवती बजैको मन्दिरमा पूर्णिमामा भव्यरुपमा मेला लाग्दछ । बजैले कान नसुन्ने भएकाले चिच्याएर बर माग्नु परम्परा रहेको सत्यवती मन्दिर संरक्षण समितिका अध्यक्ष सुनविर गाहा बताउँछन् ।
समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर मेलाको तयारी पूरा भएको बताएको छ । सत्वती मन्दिरसँगै रहेको सत्यवती चार रोपनी जग्गामा फैलिएको सो ताल चुरे र सीमसार क्षेत्रमा पर्ने दुलर्भ ताल रहेको दोभान एकिकृत पर्यटन विकास समितिका सचिव दलबहादुर गुरुङ्गले बताए ।
साविकको कोल्डाँडा गाविसको वडा १ र ४ मा पर्ने सत्यवती बजैको मन्दिरमा बलिदिनेहरुको पनि भीड लाग्छ ।
आफूले मागेको बर पूरा भएपछि भक्तजनहरुले बली दिने चलन छ । मेलामा आउने भक्तजनको लागि सहज वातवरण बनाइएको तिनाउ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष दानबहादुर गाहा मगरले जानकारी दिए ।
प्रकाशित समय ०९:१४ बजे

















