गृहपृष्ठ तिलोत्तमा प्रिमियर लिगमा रोयल शंकरनगर र मणिग्राम विजयी
तिलोत्तमा प्रिमियर लिगमा रोयल शंकरनगर र मणिग्राम विजयी
दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्राम किङ्गले विजयी शुरुवात गरेका छन । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको उद्घाटन खेलमा शंकरनगरले रोयल च्यालेन्जर भैरहवामाथि ८ विकेटको जित निकालेको हो ।
यसैगरि शनिबार नै भएको दोस्रो खेलमा मणिग्राम किङ्गले नुसी वरियर्स मणिग्राममाथि ६ विकेटको जित निकालेको छ । आइतबार पहिलो खेलमा ज्ञानोदय गोल्डस र लुम्बिनी कसाई तथा दोस्रो खेलमा एसआर एनसीएसए टाईर्गसले बुटवल डाइनामाइट्सबीच प्रतिस्प्रर्धा हुने छ ।
प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रकाशित समय ०८:४९ बजे

















