गृहपृष्ठ आपराधिक गतिविधि देख्नुभो ? १०० मा एसएमएस गर्नुस्
आपराधिक गतिविधि देख्नुभो ? १०० मा एसएमएस गर्नुस्
अपराध नियन्त्रण सहज बनाउन नेपाल प्रहरीले ‘निःशुल्क एसएमएस सेवा’ सञ्चालनमा ल्याएको छ ।
अपराध नियन्त्रणका साथै नागरिकको सूचना लिन सहज हुने अपेक्षासहित एसएमएस सेवा सञ्चालनमा ल्याइएको हो । महानगरीय प्रहरी दिवसको अवसरमा निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्कीले सेवा सुभारम्भ गरे । उनले भने, ‘अपराध नियन्त्रणका लागि नागरिकसँग सहज ढंगले सूचना लिन सेवाको सुरुवात गर्नुपरेको हो ।’
टोल फ्रि नम्बर १०० मा नै एसएसएस पठाउन मिल्ने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीलाई सो सेवा नेपाल टेलिकमले उपलब्ध गराएको हो ।
प्रकाशित समय १८:११ बजे

















