गृहपृष्ठ फेवातालमा १० हजार माछाका भुरा छाडियो

फेवातालमा १० हजार माछाका भुरा छाडियो

विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा १० हजार माछाका भुरा छाडिएको छ ।

मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा बुधबार फेवातालमा स्थानीय प्रजातिका १० हजार भुरा छाडिएको हो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तालमा माछाका भुरा छाडिन् । उपप्रमुख गुरुङले स्थानीय प्रजातिका माछा लोपोन्मुख अवस्थामा पुगेको बताउँदै संरक्षण गर्नुपर्नेमा जोड दिइन् । उनले तालको पानी फोहोर, विषादिको प्रयोग र करेन्ट लगाएर माछा मार्ने कारणले माछाको संख्या घटेको बताउँदै त्यसलाई रोक्नुपर्नेमा जोड दिइन् ।

फेवातालको पानी प्रदूषित भएको बताउँदै फेवातामा जाने ढललाई डाइर्भसन गर्ने योजना सहित महानगर अगाडी बढेको उपप्रमुखको भनाइ छ । उनले पोखराका समग्र ढल नियन्त्रणका लागि योजना बनिरहेको बताइन् ।

प्रकाशित समय ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु