गृहपृष्ठ टी–१० क्रिकेटमा सन्दीपको उत्कृष्ट प्रदर्शन

टी–१० क्रिकेटमा सन्दीपको उत्कृष्ट प्रदर्शन

नेपाली क्रिकेटर सन्दीप लामिछानले युएईमा जारी टी–१० क्रिकेटको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

बुधबार रातिको खेलमा टिम पख्तुनविरुद्ध दुई ओभर बलिङ गर्दे तीन विकेट लिन सफल भएका हुन् । सन्दीपले आफ्नो टिम केरला किंग्सलाई ८ विकेटले विजयी समेत गराएका छन् । दुई ओभर बलिङ गरेका उनले १७ रन खर्चेर तीन विकेट लिएका थिए ।

सन्दीपको कसिलो बलिङमा पख्तुनले १० ओभरमा पाँच विकेटको क्षतिमा १०९ रन बनाउन सक्यो । पख्तुनको लागि आन्द्रे फ्लेचर ३२, क्यामरुन डेलपोर्टले अविजित २८ र लियाम डवसनले २५ रनको योगदान गरे ।

११० रनको लक्ष्य केरलाले ७.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६, पाउल स्ट्रलिङले ४०, क्रिस गेलले १३ र केइरन पोलार्डले ११ रन बनाउँदै टिमलाई जित दिलाए ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु