गृहपृष्ठ ए डिभिजन लिग : च्यासलको शानदार जित, एनआरटी ५–१ गोलले पराजित
ए डिभिजन लिग : च्यासलको शानदार जित, एनआरटी ५–१ गोलले पराजित
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले जित हात पारेको छ । बिहीबार भएको खेलमा एनआरटी क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै च्यासलले जित हात पारेको हो ।
च्यासलका लागि बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरेका थिए । एनआरटीका लागि मोसोद अग्बोलाले एक गोल गरेका थिए ।
प्रकाशित समय १४:०० बजे

















