गृहपृष्ठ किष्ट बैंक घोटाला प्रकरण : पक्राउ परेका घर्ती र श्रेष्ठलाई अदालत लगियो
किष्ट बैंक घोटाला प्रकरण : पक्राउ परेका घर्ती र श्रेष्ठलाई अदालत लगियो
अनियमितता गरेकोे आरोपमा पक्राउ परेका किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठलाई उच्च अदालत पाटन लगिएको छ । म्याद थपका लागि प्रहरीले उनीहरुलाई शुक्रबार अदालत लगेको हो ।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको थियो । बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली गत असोज १९ गते पक्राउ परेका थिए ।
प्रकाशित समय १२:०९ बजे

















