गृहपृष्ठ कोइला बालेर सुत्दा काठमाडौंमा एक जनाको ज्यान गयो

कोइला बालेर सुत्दा काठमाडौंमा एक जनाको ज्यान गयो

death-newskarobar

काठमाडौंमा मकलमा कोइला बालेर सुत्दा निसास्सिएर एक जनाको ज्यान गएको छ । परिवारका अन्य दुई जना बेहोस भएका छन् ।

धादिङ घर भई काठमाडौंको मित्रनगर बस्दै आएकी २२ वर्षीया संगिता रानामगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको महाराजगन्जस्थित शिक्षण अस्पतथालमा मृत्यु भएको हो । उनका श्रीमान राम दर्लामी र चार महिने छोरीको टिचिङ अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

छोरीलाई चिसो लाग्यो भनेर कोइला बालेर सुत्दा उनीहरु निसास्सिएका हुन् । जाडो महिनामा धेरै जनाको बानी कोइला वा ब्रिकेट बालेर सुत्ने भएकाले ज्यान जाने जोखिम धेरै हुन्छ । डाक्टरले मकल वा ब्रिकेट बाल्दा झ्याल खुला राख्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित समय २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु