गृहपृष्ठ पाकिस्तानी मस्जिदमा आक्रमण, १२ जनाको मृत्यु, ४० घाइते

पाकिस्तानी मस्जिदमा आक्रमण, १२ जनाको मृत्यु, ४० घाइते

पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।

पूर्वी खोस्ट प्रान्तमा भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए । ‘सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए ।’ उनले भने ।

सरकारी अधिकारीहरुले घटनाका बारेमा थप जानकारी भने दिएका छैनन् । यद्यपि, आत्मघाती आक्रमण भएको आँकलन गरिएको बिबिसीले जनाएको छ । सरकारी अधिकारीहरुले तालिबान लडाकूले आक्रमण गरेको बताए पनि तालिबानले भने आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छैन । घाइते ४० जनाको स्थानीय अस्पतालमा उपचार जारी छ ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु