गृहपृष्ठ रोयल शंकरनगर र लुम्बिनी कासाई टीपीएलको फाइनलमा
रोयल शंकरनगर र लुम्बिनी कासाई टीपीएलको फाइनलमा
रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र लुम्बिनीकासाई ग्लाडियटर्सबीच उपाधि भिडन्त हुने भएको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा रोयल शंकरनगरले बुटवल डाइनामाइट्समाथि २ विकेटको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा लुम्बिनीकासाईले मणिग्राम किंसमाथि ७२ रनको जित निकालेर रोयल शंकरनगरसँग उपाधि भिडन्त पक्का गर्यो ।
प्रकाशित समय १०:५५ बजे

















