गृहपृष्ठ आइतबार सप्तरीका स्थानीय तह बन्द हुने
आइतबार सप्तरीका स्थानीय तह बन्द हुने
आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने भएको छ । शुक्रबार तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शोक मनाउन स्थानीय तह बन्द गरिने भएको हो । जिल्ला समन्वय समिति सप्तरीले शोक मनाउन आइतबार स्थानीय तह बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै डाकनेश्वरी नगरपालिकाले मृतकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार २५ हजार उपलब्ध गराउने र घाइतेको उपचारमा सहयोग गर्ने निर्णय भएको नगर प्रमुख शिवनारायण साहले बताए ।
सुनसरीको बराह क्षेर र चतराधाम दर्शन गरेर फर्किने क्रममा को १ ख २७९९ नम्बरको बस सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका इनरुवा चौक नजिकै दुर्घटना भएको थियो ।
प्रकाशित समय १३:११ बजे

















