गृहपृष्ठ काठमाडौंको तीनकुनेमा ‘ग्याङ फाइट’, एक जनाको मृत्यु

काठमाडौंको तीनकुनेमा ‘ग्याङ फाइट’, एक जनाको मृत्यु

संकेतिक तस्बिर

काठमाडौंको तीनकुने गैरीगाउँमा ‘ग्याङ फाइट’ भएको छ । शनिबार दिउँसो गैरीगाउँस्थित सुकम्बासी टोलमा ग्याङ फाइट’ हुँदा एक जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार बिक्की लिम्बुको मृत्यु भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु