गृहपृष्ठ पर्यटन मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ
पर्यटन मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाउने ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् । पोखराको सृजना चोकमा मन्त्री अधिकारीलाई नेविसंघ र नयाँ शक्तिका विद्यार्थी नेताले कालो झण्डा देखाएका थिए ।
पक्राउ पर्नेमा रेशम सापकोटा, नरेन्द्र बस्याल, कृष्ण अधिकारी, नेत्र चापागाईं, विशाल तिम्सिना र तेजेन्द्रकुमार भट्ट रहेका छन् । वाइडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन् ।
प्रकाशित समय १५:४३ बजे

















