गृहपृष्ठ निर्मलाको परिवारलाई नयाँ शक्तिको १ लाख सहयोग
निर्मलाको परिवारलाई नयाँ शक्तिको १ लाख सहयोग
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुबालाई भेटेका छन् । संयोजक भट्टराइले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर उनीहरुलाई भेटेका हुन् ।
छोरीको हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा बसेका बेला यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
संयोजक भट्टराईले यज्ञराको उपचारका लागि एक लाख खर्च समेत दिएका छन् । नयाँ शक्तिका समर्थकहरुले उठाएको रकम संयोजक भट्टराईले निर्मलाको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
प्रकाशित समय १६:०२ बजे

















