गृहपृष्ठ विकासको गति तिव्र बनाउँछौं : प्रधानमन्त्री

विकासको गति तिव्र बनाउँछौं : प्रधानमन्त्री

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । सरकारले गठन गरेको मानव शंसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘विकासलाई द्रूत गतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउँछौं ।’

देश विकासका लागि कस्तो मानव संशाधन चाहिन्छ भन्ने विषय पत्ता लगाउन जरुरी रहेको उनले बताए । प्रधानमन्त्री ओलीले योजनाबद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको पनि बताए । ‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन पनि दिएका छन् ।

समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरुले पनि योजना बनाउने भएकाले यसलाई त्रुटीरहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिए । ‘अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस । प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ,’ ओलीले निर्देशन दिए । कार्यदलको निर्देशक समितिमा शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महीना छ ।

प्रकाशित समय २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु