गृहपृष्ठ जबर्जस्ती करणी अभियोगमा एकजना पक्राउ

जबर्जस्ती करणी अभियोगमा एकजना पक्राउ

pakrau-arrest-newskarobar

पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ ।

विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा दुई हजार ३०० रूपैयाँ जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका शेर्पालाई कारागार चलान गरिएको छ ।(रासस)

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु