गृहपृष्ठ आरती स्ट्रिपको २ लाख सहयोग

आरती स्ट्रिपको २ लाख सहयोग

नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थित गर्न आरति स्ट्रिप प्रा.लिले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघमा थप पुर्वाधार निमार्णका लागी महासंघले काम अगाडी बढाएपछि आरती स्ट्रिपले सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघले गरेको एक कार्यक्रममा आरती स्ट्रिपले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रमामा उद्योग संचालक समितिका उपाध्यक्ष सन्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धु पोखरेललाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

महासघंमा केहि भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको समितिका उपाध्यक्ष शर्माले बताए । कार्यक्रमा बोल्दै पत्रकार महासंघका अध्यक्ष वन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थित गर्न थप पुर्वाधार निमार्णको काम शुरु गरिएकाले सबैको सहयोग आवश्यक रहेको बताए ।कार्यक्रममा उद्योगका प्रशासकिय अधिकृत दिवश नेपालले औधोगिक क्षेत्र सञ्चालनका लागी पत्रकार जगतले गरेको सहयोग महत्पुर्ण रहेको बताए ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु