गृहपृष्ठ ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको शाखा
ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको शाखा
जनता बैंक नेपालले ताप्लेजुङको अतिविकट गाउँपालिका फक्त्ताङलुङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फक्त्ताङलुङ गाउँपालिका–५, तापेथोकमा जनता बैंकले १२७औं शाखा खोलेको हो ।
तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोलासहित साविकका सातवटा गाविस मिलाएर बनाइएको यो गाउँपालिका भौगोलिक हिसाबमा ताप्लेजुङकै सबैभन्दा ठूलो र विकट गाउँपालिका हो । यो क्षेत्रका व्यापारी, उद्यमी र सर्वसाधारण तथा सरकारी निकायसमेत यो शाखामार्फत देशको बाँकी क्षेत्रमा वित्तीय सञ्जालमा जोडिन सफल हुनेछन् ।
ग्राहकले अन्य शाखाबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । जनता बैंकले ७२ एटिएम, दुई एक्सटेन्सन काउन्टर र ४५ शाखारहित बैंकिङबाट करिब ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
प्रकाशित समय १३:५६ बजे

















