गृहपृष्ठ असन्तुष्ट २२ केन्द्रीय सदस्यसँग प्रचण्डले छलफल गर्दै

असन्तुष्ट २२ केन्द्रीय सदस्यसँग प्रचण्डले छलफल गर्दै

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकको माग गर्दै ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यसँग छलफल गर्ने भएका छन् । प्रचण्डले उनीहरुलाई छलफलको लागि खुमलटारस्थित आफ्नो निवासमा बोलाएका हुन् ।

उनीहरुको मागका विषयमा छलफल गर्न बोलाएको प्रचण्डको सचिवालय स्रोतले बताएको छ । केहि दिनअघि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै २२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठकको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु