गृहपृष्ठ दैलेख दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

दैलेख दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

accident_newskarobar

दैलेखमा बुधबार बिहान भएको जिप दुर्घटनामा पाँज जनाको मृत्यु भएको छ । भे १ च २२०७ नम्बरको बोलेरो जिप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पाँज जनाको मृत्यु भएको हो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ठाटीकाँध १ का ३० वर्षीया निर्मल बम, वडा नम्बर २ का सवारी चालक रमेश शाही तथा वडा नम्बर ३ का ४७ वर्षीय राजेन्द्रबहादुर शाही , ठाटीकाँध ३ का रत्ना शाही र ठाटीकाँध १ का २८ वर्षीय समशेर बम रहेका छन् । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

1dailekh-newskarobar

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु