गृहपृष्ठ ‘ए’ डिभिजन लिग : मछिन्द्रको पोस्टमा हिमालयनको २ गोल

‘ए’ डिभिजन लिग : मछिन्द्रको पोस्टमा हिमालयनको २ गोल

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै हिमालयन विजयी भएको हो ।

हिमालयनका लागि आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरेका थिए । जितसँगै हिमालयन तेस्रो स्थानमा उक्लेको छ ।

प्रकाशित समय १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु