गृहपृष्ठ जोर-बिजोर प्रणालीको अवज्ञा

जोर-बिजोर प्रणालीको अवज्ञा

dhangadi-buspark-newskarobar

धर्म प्रचार गर्न एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रममा सरकारले जोर– बिजोर प्रणाली लागू गरेर यात्रुलाई सास्ती दिएको भन्दै युथ कंग्रेस नेपाल नामको संस्थाले अवज्ञा गरेको छ । क्रिश्चियन धर्मको प्रचार गर्न नागरिकलाई सास्ती दिएको भन्दै सो संस्थाको अगुवाइमा मोटरसाईकल र्याली निकालिएको छ ।

बिहीबार जोर नम्बरको सवारी चलाउन नपाइने भएपनि उपत्यकाका विभिन्न स्थानबाट जोर नम्बरका मोटरसाइकलको र्यालि निकालिएको हो । ज्ञानेश्वरबाट निकालिएको र्याली गौशाला, पुरानोबानेश्वर हुँदै नयाँबानेश्वरसम्म पुगेको थियो ।

युथ कंग्रेस नेपालका संयोजक सचिन तिमल्सेनाले भने, ‘धर्मको प्रचार गर्न विवादित संस्थाको कार्यक्रममा नागरिकलाई सास्ती दिएकाले जोर–बिजोर प्रणालीको अवज्ञा गरेका हौं ।’ उनले सरकार रबैयाको भण्डाफोर गर्न समेत सबैलाई आग्रह गरे । एसिया प्यासफिक समिटमा आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सरकारले जोर–बिजोर प्रणाली लागू गरेको छ ।

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु