गृहपृष्ठ बजाज आरई महा टेस्ट ड्राइभ मेला नेपालगन्जमा सम्पन्न

बजाज आरई महा टेस्ट ड्राइभ मेला नेपालगन्जमा सम्पन्न

bajajre-newskarobar

बजाज आरईको बारेमा जानकारी दिने र बजाज आरई सर्वसाधारणलाई टेस्ट ड्राइभ दिने र मनोरञ्जन दिने उद्देश्यका साथ सडक विभागको चौर, कारकाँदो, नेपालगन्जमा मंसिर ८ गते बजाज आरई महा टेस्ट ड्राइभ मेला सम्पन्न भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जान लागेका नेपालीलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरी आर्थिक रुपमा सम्पन्न बनाउने उद्देश्यले बजाज आरईले टेस्ट ड्राइभ मेला आयोजना गरेको हो ।

कम्पनीले मनोरञ्जनका साथमा बजाजका थ्री ह्विलरको टेस्ट ड्राइभ गर्न सकिने गरी शनिबार मेला आयोजना गरेको हो । मेलामा सांगीतिक कार्यक्रम, लक्की ड्र, नृत्य प्रस्तुति, नाटक र फुड स्टल पनि राखिएको थियो ।

मेलामा गायिका इन्दिरा जोशी, गायक कालीप्रसाद बाँस्कोटा, गायक सुरज थापा र कमेडियन राजा राजेन्द्र पोखरेललगायतको पनि उपस्थिति थियो । कार्यक्रममा टेस्ट ड्राइभ गर्न चालकलाई निःशुल्क खाना र आकर्षक उपहारको व्यवस्था गरिएको थियो । बजाज आरई नेपालगन्जको आधिकारिक विक्रेता श्री युनाइटेड मोटर सप्लायर्स हो ।

बजाज आरई थ्री ह्विलर (टेम्पु) का लागि अधिकृत विक्रेता हंसराज हुलासचंदले नेपालमा बजाज आरई उपलब्ध गराउँदै आएको छ । विश्वको नम्बर १ थ्री ह्विलर बजाज आरई नेपालीलाई स्वदेशमै रोजगारी प्रदान गर्ने उद्देश्यका साथ नेपालमा बजाज आरई आएको हो ।

बजाज आरईमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मुख्य नारा नै ‘एउटा यस्तो लगानी, जसले गर्छ सुरुको दिनदेखि नै आम्दानी’ रहेको छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु