गृहपृष्ठ ‘कन्फ्रेन्स अन युथ फर स्मार्ट सोलुसन’ सम्पन्न

‘कन्फ्रेन्स अन युथ फर स्मार्ट सोलुसन’ सम्पन्न

nepal-environment-newskarobar

दोस्रो ‘कन्फ्रेन्स अन युथ फर स्मार्ट सोलुसन’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रकृति पाठशालाको आयोजनामा कुपन्डोलस्थित होटल हिमालयमा दुईदिने कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा वातावरणमा देखापरेको समस्या र समाधानका लागि वातावरण शिक्षाको भूमिकाबारे छलफल भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, वन तथा वातावरण विभागका निर्देशक झलक राम अधिकारी, ‘वाइल्ड लाइफ कन्जर्भेसन नेपाल’ का अध्यक्ष डा. सूर्यरत्न गुभाजूलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपालको वातावरणमा देखिएको समस्या र मानिसहरु समस्या समाधानमा कसरी जोडिन्छन् भन्ने विषयमा छलफल भएको थियो । यस्तै नेपालमा रहेको वातावरणीय समस्याको समाधानका लागि सचेतना र वातावरण शिक्षाको भूमिकाबारे पनि छलफल भएको छ ।

कार्यक्रममा वातावरणविदहरुले नेपालको वातावरणको वर्तमान अवस्थामा रहेको समस्या र समाधानका विषयमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको सहआयोजकका रुपमा ‘डेनिस फरेस्ट आक्सटेन्सन डेनमार्क’ र ‘वाइल्ड लाइफ कन्जर्भेसन नेपाल’ रहेका थिए ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु