गृहपृष्ठ एसिया प्यासिफिक सम्मेलन समापन हुँदै

एसिया प्यासिफिक सम्मेलन समापन हुँदै

विवादित ‘ब्लेसिङ’ प्रधानमन्त्रीले नलिने

काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आइतबार सम्पन्न हुँदैछ । काठमाडौंको होटल हायतमा जारी सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुबीच आइतबार दुई वटा सेसनमा छलफल हुँदैछ ।

पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्दैछन् । यस्तै दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने कार्यतालिका छ । त्यसपछि घोषणापत्र जारी गर्दै सम्मेलन सकिने छ । सम्मेलनमा सहभागी हुन सात देशका प्रतिनिधि अहिले काठमाडौंमा छन् । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् ।

आइतबार कोरियाकी हाक जा हान मुनले आइतबार सय जोडीलाई ‘ब्लेसिङ’ दिने कार्यक्रम छ । उनीसँग ब्लेसिङ लिन प्रधानमन्त्री दम्पतीसहित तीन सय जोडीलाई निम्ता गरिएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य भने ब्लेसिङमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्रीले अवार्ड भने ग्रहण गर्ने सल्लाहकार डा. राजन भट्टराईले बताए ।

विवाद आएपछि आयोजक युनिभर्सल पिस फेडरेसन नेपालले ब्लेसिङ कार्यक्रमको नाम फेरेको छ । तर प्रधानमन्त्रीले विवादित कार्यक्रमा गुड गभर्नेन्स अर्वाड नलिने बताएका छन् ।

प्रकाशित समय १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु