गृहपृष्ठ एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने
एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त भएका छन्। मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामा स्वीकृत भएपश्चात न्यौपाने कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशियाबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । न्यौपाने चार्टर्ड एकाउण्टेण्टसमेत हुन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई आइतबार नै बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । न्यौपानेको कार्यकाल ४ वर्षको रहनेछ ।
प्रकाशित समय २०:१५ बजे

















