गृहपृष्ठ सुनसरीको लक्ष्मी फम एन्ड लुपम्याट इन्डस्ट्रिजमा आगलागी
सुनसरीको लक्ष्मी फम एन्ड लुपम्याट इन्डस्ट्रिजमा आगलागी
सांकेतिक तस्बिर
सुनसरीको एक उद्योगमा आगलागी भएको छ । सुनसरीको खनारमा रहेको लक्ष्मी फम एन्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा मंगलबार बिहान आगलागी भएको हो ।
भानु अग्रवालको यो उद्योगले डोर म्याटलगायतका सामग्री उत्पादन गर्छ । आगलागीको कारण खुलेको छैन । आगो निभाउन सातवटा दमकल प्रयोग गरिएको छ । आगो नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् ।
प्रकाशित समय ०९:३४ बजे

















