गृहपृष्ठ सर्लाहीमा जंगली हात्तीको वितण्डा, स्थानीय आतंकित

सर्लाहीमा जंगली हात्तीको वितण्डा, स्थानीय आतंकित

jangali-hatti-newskarobar (3)

सर्लाहीमा जंगली हात्तीले वितण्डा मच्चाउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । सर्लाहीको र्इश्वरपुर नगरपालिका–१३ स्थित गौरीशंकर धर्मशालाआसपास जंगलबाट तीनवटा हात्ती गाउँमा प्रवेश गरेर वितण्डा मच्चाउन थालेको स्थानीयले बताएका छन् ।

सोमबार बेलुका गाउँ पसेका तीनवटा हात्तीले अन्नबाली नष्ट गर्नुका साथै आधा दर्जन घरमा क्षति पुर्याएका छन् । स्थानीय बासिन्दा एवं शिक्षक सुकन महतोले न्युज कारोबारलाई दिएको जानकारीअनुसार हात्तीले शिवकुमार महतो, रामभरोस महतो, श्री महतो, विष्णु थापा, सेती ब्लोन र रमेश मोतानको घर भत्काइदिएका छन् ।

jangali-hatti-newskarobar (3)

हात्तीलार्इ जंगल फर्काउन नसक्दा स्थानीयबासी डराएर रातभर सुत्न नसकेको शिक्षक महतोले बताए । उनका अनुसार हात्तीले पाँच लाखभन्दा बढीको धनमालमा क्षति पुर्याइसकेको छ । हात्ती बिहान सागरनाथ वन क्षेत्रतिर गएकाले बेलुका पुनः बस्तीमा आउन सक्ने स्थानीयको आशंका छन । उनीहरूले हात्तीलार्इ पर्सा वन्यजन्तु आरक्षमा पठाउन स्थानीय सरकारसँग माग गरेका छन् ।

प्रकाशित समय ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु