गृहपृष्ठ देउवा नआएपछि संवैधानिक परिषद् बैठक स्थगित

देउवा नआएपछि संवैधानिक परिषद् बैठक स्थगित

फाइल तस्बिर

सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक पुस ५ गते सम्मका लागि स्थगित भएको छ । मंगबलार बिहानका लागि बोलाइएको बैठक नेताहरुको कार्य व्यस्तताको कारण देखाउँदै साँझका लागि सारिएको थियो । साँझको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलक नेपाली कांग्रेसका सभापति शेरबहादुर अनुपस्थित भएपछि पुस ५ गते सम्मका लागि सारिएको हो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा शिक्षण अस्पताल जागएका तथा कांग्रेस सभापति देउवा कार्यव्यस्ततका कारण अनुपस्थित भएपछि बैठक सारिएको जनाईएको छ ।

परिषदमा प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने प्रावधान छ । संवैधानिक परिषदको बैठक दोस्रो पटक स्थगित भएको हो । यसअघि गत मंसिर १७ गते बसेको बैठक निष्कर्षमा नपुगी स्थगित भएको थियो । परिषद बैठक निष्कर्षमा पुग्न नसक्दा प्रधानन्यायधीश सिफारिस हुन सकेको छैन ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको थियो ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु